अनायसै तिमिलाई किन माया गर्न थालेछु ,
तिम्रो मनको मझेरिमा दियो बाल्न थालेछु।

एकान्तमा आफैलाई भुल्न थालेछु,

तिम्रो मनको बगैचामा डुल्न थालेछु ।



साइनो बिनाको नाता यो,

किन आफै कस्न थालेछु?
कल्पनाको सागरमा,

अनायसै डुब्न थालेछु ।



सपना हो या बिपना?
आफै भित्र रम्न थालेछु ।

प्रीतको पुजारि पो भएं कि?

आफु आफैमा गम्न थालेछु ।


भन यो छट्पटि किन,

तिमिप्रतिको चाहाना पो हो कि?
नाजवाफ भएं आफै,

मनको सबै बहाना पो हो कि?



आफै भित्र उठ्ने सबाल पनि,

बैशाखे पाहुना जस्तै लाग्न थाले ।

भावनाहरु सबै किन,
बांसघारिको चरा जस्तै रुङमङ्गिन थाले।

0 comments:

Post a Comment

Latest Songs