देउता सम्झिएर मैले ढुङ्गालाई पुजिरहें,
न जानें आफैले ढुङ्गा बोल्दैन भनेर ।
फूल ठानेर मैले उन्यूलाई सजाई राखें ,
न बुझें कहिल्यै उन्यू फुल्दैन भनेर ।
भुल गरिन जस्तो लाग्थ्यो कहिल्यै,
तर भुल गरेछु ,तिमिलाई आफ्नो ठानेर ।
बैरि धेरै बनाएछु थाहै नपाई,
तिम्रो दिलको महलमा डेरा बनाएर ।
नचिनेकै भए बेश हुन्थ्यो बरु,
नजाने गाँउको बाटो सोध्ने नै थिईन ।
नबुझेकै भए केहि हुन्थ्यो बरु ,
आशाको दियो बाल्ने नै थिईन ।
मृग तृष्णा भैइदियौ तिमि,
आफैसङ्ग भएर पनि चिन्न सकिन।
रातको जून भैइदियौ तिमि,
शिरमाथि भएर पनि टिप्न सकिन ।
नदिको किनार भयौ तिमि,
सङ्गै भएर पनि भेट्न सकिन ।
सागरको पानी भयौ तिमि,
साथै भएर पनि प्यास मेट्न सकिन ।



2 comments:
So Nice!Tragic Story.
Excellent.Keep continue!
Post a Comment