This is default featured post 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Monday, October 11, 2010

तिमिलाई रुवाएर हांसु कसरि

तिमि बिस्वास गर वा नगर,
तिम्रा आंसु पुछिदिन्छु म।
तिमि स्विकार गर वा नगर,
तिम्रा दुखमा साथ दिने कसम खान्छु म।

तिमिलाई रुवाएर हांसु कसरि?
बरु आफ्नो खुशि तिमिलाई दिन्छु म ।
तिमिलाई चोट् दिउं कसरि?
बरु आफु कांडाबिच बांचिदिन्छु म ।

मेरा सारा खुशिहरु,
तिम्रै लागि उपहार दिन्छु म ।
तिमि जाउ जंहा,
छांया बनेर साथ दिन्छु म ।

मेरो चाहना केबल,
तिमि हांसिदिए पुग्छ ।
मलाई माया गर भन्दिन म,
केबल मेरो माया सांचिदिए पुग्छ ।

Friday, October 8, 2010

पात बनेर झर्यो जिन्दगि

फूल बनेर फुल्नु थियो,
पात बनेर किन झर्यो जिन्दगि?
ज्योति बनेर चम्कनु थियो,
रात बनेर किन मर्यो जिन्दगि?

अधर भरि मुस्कारुनु थियो,
आंसु बनेर किन झर्यो जिन्दगि?
तारा बनेर चम्कनु थियो,
उल्का बनेर किन मर्यो जिन्दगि?

नदि बनेर बग्नु थियो,
खहरे बनेर किन सुक्यो जिन्दगि?
सागर बनेर फैलनु थियो,
ताल बनेर किन रुक्यो जिन्दगि?

लामो यात्रा हिड्नु थियो,
आस बोकेर किन थाक्यो जिन्दगि?
भाग्य आफ्नो कोर्नु बांकि नै थियो,
उकुच बनेर किन पाक्यो जिन्दगि?

Wednesday, October 6, 2010

नचिनेकै भए बेश हुन्थ्यो बरु

देउता सम्झिएर मैले ढुङ्गालाई पुजिरहें,
न जानें आफैले ढुङ्गा बोल्दैन भनेर ।
फूल ठानेर मैले उन्यूलाई सजाई राखें ,
न बुझें कहिल्यै उन्यू फुल्दैन भनेर ।

भुल गरिन जस्तो लाग्थ्यो कहिल्यै,
तर भुल गरेछु ,तिमिलाई आफ्नो ठानेर ।
बैरि धेरै बनाएछु थाहै नपाई,
तिम्रो दिलको महलमा डेरा बनाएर ।

नचिनेकै भए बेश हुन्थ्यो बरु,
नजाने गाँउको बाटो सोध्ने नै थिईन ।
नबुझेकै भए केहि हुन्थ्यो बरु ,
आशाको दियो बाल्ने नै थिईन ।

मृग तृष्णा भैइदियौ तिमि,
आफैसङ्ग भएर पनि चिन्न सकिन।
रातको जून भैइदियौ तिमि,
शिरमाथि भएर पनि टिप्न सकिन

नदिको किनार भयौ तिमि,
सङ्गै भएर पनि भेट्न सकिन ।
सागरको पानी भयौ तिमि,
साथै भएर पनि प्यास मेट्न सकिन ।

तिमिबाट भागुं कसरि म?

तिमिलाई चाहनेहरुको भिडमा,
आफ्नो परिचय खोंजु कसरि म?
हार मानेर आफनै बिवशतासङ्ग,
बिचमै मोडिउं कसरि म?


झरेको पात जस्तै भयो जिन्दगि,
हावाले उडाई लगिदिन्छ कि कतै?
नदि किनारको बालुवा जस्तै भयो मन,
भेलसङ्गै बगिदिन्छ कि कतै?


आफन्तहरुकै भिडमा हराएर,
आफ्नो अस्तित्व खोजुं कसरि म?
अनिस्चितताको भुमरिमा रुमल्लिएर,
रोजुं तिमिलाई कसरि म?


मन भरि सवालहरु छन्,
जवाफ् तिमिसङ्ग मागुं कसरि म?
हार मानेर आफनै बिवशतासङ्ग,
तिमिबाट भागुं कसरि म?

Sunday, October 3, 2010

मुटुभित्रै घाउ लाग्यो


तिमिलाई साथ दिंदा ,
आफू एक्लो बन्दै गएं ।
तिमिलाई ताप दिंदा,
आफू भित्रै जल्दै गएं ।

लोकलाज पन्छाएर,
तिम्रो हाथ थामिदिएं ।
नफुस्कने डोरि लिई,
आफ्नै मुटु बांधिदिएं ।

मुटुभित्रै घाउ लाग्यो,
सुम्सुम्याउनै डर लाग्यो ।
दोबाटोमा एक्लै भएं,
आउ भन्नै कर लाग्यो ।

नलेखिएको कथा एउटा,
अब लेख्नै कर लाग्यो ।
नगांसिएको साइनो बिच,
जिउनु बरु भर लाग्यो ।

Thursday, September 30, 2010

साथ छुट्ने डर लाग्यो

बिच बाटोमा साथ माग्यौ,
सङ्गै हिड्न कर लाग्यो ।
जिन्दगिको लामो यात्रा,
साथ दिन डर लाग्यो ।।


हिड्दैं जांदा दोबाटोमा,
साथ छुट्ने डर लाग्यो ।
असमन्ज्यस्तामै पुकार गर्यौ,
हात थाम्नै कर लाग्यो ।।


नजर भरी चाहना थिए,
हुन्छ भन्नै कर लाग्यो ।
अधर तिम्रा प्यास थिए,
तर चुम्न डर लाग्यो ।।

बिबसताको भारि यो?
बोक्न किन कर लाग्यो?
बेअर्थको साइनो सम्झि,
छोड्न पनि डर लाग्यो ।।

Tuesday, September 28, 2010

मनको बगैचामा सार मलाई

हृदयमा बास माग्यौ,
बस भन्नै कर लाग्यो ।
बिगतका पल ति सम्झिएर,
आफै सङ्ग डर लाग्यो ।।


दिलमा मलाई राख तिमि,
मेरा खुशि तिम्रै लागि दाइजो भयो भन्यौ ।
मनको बगैचामा सार मलाई,
तिम्रै लागि जुनि भरि फुलिदिन्छु भन्यौ ।।


झरेका पात जस्तै सपनामा टेकेर,
अन्जान यात्रामा हिडिदिएं मैले।
डांडाको बताससरि उडेको मनलाई,
तिम्रै अङ्गालोको गाँठोमा बांधिदिएं मैले ।।


तर आज भन्नु पर्छ नदेउ मलाई हांसो र खुशिहरु?
आंसु पिएर नै मैले जिउनु पर्छ भने ।
बिपनाको उमङ्ग होइन मलाई ,
सपनाको सहारामै पिडाको प्याला पिउनु पर्छ भने ।।


यादको सहारामा जिउनु नै किन?
खाटो बसेको घाउ फेरि वल्झिदिन्छ भने ।
बैसाखिको सहारामा हिड्नु नै किन?
टेकि हिड्ने धरति नै पाइला पाइलामा भसिन्छ भने।।

Monday, September 27, 2010

पाइलाहरु आफै रोकिएका छन्


कसरि राखुं हृदयमा तिमिलाई?
पराईको नासो हो भन्ने जानेर पनि ।
न स्विकार्नै सकें न त्याग्नै तिमिलाई,
न जित्नै सकें यो बिबशता हार हो भन्ने जानेर पनि ।।

भन्थें आजका यि सबै अफ्ठ्याराहरु ,
मेरा लागि हारका दिवारहरु होइनन् ।
सफलता एकदिन पाउनेछु अबस्य,
असफलता नै मेरा लागि उपहार होइनन् ।।

जानेर पनि सबै अन्जान् बनें,
जब तिमि आयौ आशाको किरण बनेर ।
अनायसै तिमिलाई आफ्नो ठानें,
सायद जिन्दगिको लक्ष्य तिमि नै हौ भनेर ।।

तर आज दोधारमा छु फेरि,
मझधारमा जिवनको नाउ रोकिएको बेला,
पाइलाहरु आफै रोकिएका छन् किन?
लक्ष्य आफ्नो नजरको सामने भएको बेला ।

Sunday, September 26, 2010

तिम्रो लागि


सिङ्गै सन्सार दिन्छु भन्न सक्दिन ,
तर मुटुमा बास दिन सक्छु म।
सारा खुसि बटुलि दिन्छु भन्न सक्दिन ,
तर तिम्रो आंसु पुछ्न अबस्य सक्छु म।

सागरको मोति दिन्छु भन्न सक्दिन ,
तर प्रेमको माला अबस्य दिन्छु म।
जुनको ज्योति दिन्छु भन्न सक्दिन ,
तर जिवनको खुशि अबस्य दिन्छु म।

तिमि मेरि हौ वा नहौ,
हृदय भरिको माया दिन्छु म।
तिमि साथ हौ वा नहौ,
जुनि भरिनै साथ दिन्छु म।

आफ्ना दर्द लुकाएर पनि,
तिम्रो लागि हांस्न सक्छु म ।
आफ्ना चाहनाहरु मारेर पनि,
तिम्रो लागि बांच्न सक्छु म ।।

साथ दिन डर लाग्यो

मनको मझेरिमा पाहुना लाग्न आयौ,
बास दिनै कर लाग्यो ।
अर्कैको नासो तिमि,
साथ दिन डर लाग्यो ।

दुई किनार भैइ अलग बग्ने,तिम्रो मेरो जिवन गाथा,
कोर्न झनै कर लाग्यो ।
कहिले सम्म साथ दिउं भन?
बात लाग्ने डर लाग्यो ।

निभ्नै लागेको दियो म,
ज्योति दिनै कर लाग्यो ।
बिबशता वा रहर मेरो?
आफैसङ्ग डर लाग्यो ।

भनुँ कसरि तिमि मेरो?
आफ्नो भन्नै डर लाग्यो ।
अर्कैको नासो तिमि,
साथ दिन डर लाग्यो ।

Thursday, September 23, 2010

जिउदै मरेको लास हो म,

ओइलाएको बोट हो म,
सार सारेर सर्छ भने।

चुडेको तार हो म,

बजाउ गांसेर बज्छ भने।



आफै जलेर अरुलाई ज्योति दिने दियो हो म,

बाल अझै बल्छ भने।

जलेर खरानि हुने धुस हो म,
जलाउ अझै जल्छ भने।



हिड्दा हिड्दै थाकेको यात्री हो म,
देउ बास कतै तिम्रोमा ठाँउ छ भने,
हावाको झोका सङ्गै झरेको फूल हो म,
राख कतै तिमि भित्र अटाउंछ भने।



जिउदै मरेको लास हो म,

जिउन देउ मलाई तिमिमा अलिकति सास छ भने।

हतास गलेको आत्मा हो म,

बिउंताउ तिमिमा कतै आस छ भने।

तिमिलाई माया गर्न थालेछु

अनायसै तिमिलाई किन माया गर्न थालेछु ,
तिम्रो मनको मझेरिमा दियो बाल्न थालेछु।

एकान्तमा आफैलाई भुल्न थालेछु,

तिम्रो मनको बगैचामा डुल्न थालेछु ।



साइनो बिनाको नाता यो,

किन आफै कस्न थालेछु?
कल्पनाको सागरमा,

अनायसै डुब्न थालेछु ।



सपना हो या बिपना?
आफै भित्र रम्न थालेछु ।

प्रीतको पुजारि पो भएं कि?

आफु आफैमा गम्न थालेछु ।


भन यो छट्पटि किन,

तिमिप्रतिको चाहाना पो हो कि?
नाजवाफ भएं आफै,

मनको सबै बहाना पो हो कि?



आफै भित्र उठ्ने सबाल पनि,

बैशाखे पाहुना जस्तै लाग्न थाले ।

भावनाहरु सबै किन,
बांसघारिको चरा जस्तै रुङमङ्गिन थाले।

Wednesday, September 22, 2010

तिम्रो रङ्ग भर्न मन लाग्यो

आज किन तिम्रो नाममा
दुई शब्द कोर्न मन लाग्यो?
जिन्दगिको रित्तो बोट्मा,
तिम्रो रङ्ग भर्न मन लाग्यो ।

खोइ किन तिम्रो मनको बगैचामा,
डुल्न मन लाग्यो?
तिम्रो यादको कल्पनामा,
आफैलाई भुल्न मन लाग्यो ।

अन्धकारमा ज्योति बन्यौ,
धन्यबाद भन्न मन लाग्यो ।
जिन्दगिको रित्तो बोट्मा,
तिम्रो रङ्ग भर्न मन लाग्यो ।

निराशामा आशा दियौ,
मनको बह पोख्न मन लाग्यो ।
तिम्रो मनको चौतारिमा ,
आफैलाई रोक्न मन लाग्यो ।

आज किन तिम्रो नाममा
दुई शब्द कोर्न मन लाग्यो?
जिन्दगिको रित्तो बोट्मा,
तिम्रो रङ्ग भर्न मन लाग्यो ।

Tuesday, September 21, 2010

दोबाटोमा छाडि गयौ


बेसिमा टाँकि र लेकमा बुकि नफुल्दै,
तिम्रो मनमा फुल्छु भन्थ्यौ ।
बरु मर्नै नपरोस् किन,
तिम्लाई कहाँ भुल्छु भन्थ्यौ?

सातै जुनि साथ दिउंला,
जुन टिपी दिंउला भन्थ्यौ ।
हिमाल तिमी बनिदेउ,
हिउँ बनि म छोपि दिंउला भन्थ्यौ ।

दरौंदी र मर्स्याङ्दी कसम् खाई,
किनार बनी साथ दिन्छु भन्यौ ।
बैशाखको धुपमा पनि,
छाँया बनी सङ्गै हिड्छु भन्यौ ।

बिस्वास गरें तिमिमा,
दोबाटोमा छाडि गयौ ।
लामो यात्रा जिन्दगिको,
एक्लो बानाई बिलाई गयौ।

Thursday, September 16, 2010

जिन्दगी एक यात्रा


कसैको लागि नजाति भए,
कसैको लागि जाति हुन्छ।
सबैको बिस्वास नगर्नु,
कोहि त बिस्वासघाति हुन्छ।

जिन्दगी एक यात्रा हो,
आउने जाने केबल साथी बन्छ ।
रमझम त मन बहलाउने बहाना मात्र हो,
सम्झना नै जिवनको साथी बन्छ ।


बादलको लागि आकाश भए झैं,
मायाको लागि हृदय नै हुन्छ ।
भनिन्छ बास्तबिकता जे होस्,
मन परेको मुहारमा आकर्षण हुन्छ ।

दिउसै रात लाग्यो


मनको बह पोख्न खोज्दा,
समाजको बात लाग्यो ।
तिम्रा हाथ थाम्न खोज्दा,
हृदयमा घात लाग्यो ।

फूल भनि टिप्न खोजें,
कांडा मात्रै हात लाग्यो ।
ज्योति सम्झि अघि बढें ,
अंध्यारो मात्रै साथ लाग्यो ।

तिर्खा लागि प्यास मेट्दा,
पानीलेनै मात लाग्यो ।
बिछट्टै भयो जिन्दगी,
दिउसै किन रात लाग्यो?

Wednesday, September 15, 2010

अर्थ


दिनको पारखि भएर पनि रातको अर्थ भुलेछु ,
फूलको सौखिन भएर पनि बोटको अर्थ भुलेछु ।

पानीको प्यासा भएर पनि मुहानको अर्थ भुलेछु ,
प्रेमको पुजारि भएर पनि पुज्नुको अर्थ भुलेछु ।

जिवन जिएर पनि जीवनको अर्थ भुलेछु ,
थकान् भरि यात्रा हिडेर पनि हिड्नुको अर्थ भुलेछु ।

Monday, May 24, 2010

साथ

किनारै किनारको एक्लो यात्रामा,
आज कोहि साथि भेटें ।
गजधुम्म,बाक्लो हुस्सुको ठिहिर्याइ बिच,
न्यानो कम्बल भेटें ।

निश्पट अन्धकार कालो रातमा,
मिर्मिरे आभाको नयां किरण भेटें ।
सुन्सान बस्तिहरुको बिचमा,
दोबाटोको सङ्गम् भेटें ।

झ्याउं किरिहरुको कर्कट कोलाहाल बिच,
बांसुरिको मधुर सङ्गित भेटें ।
प्यासा नयनहरुको पर्खाइमा,
मिलनको कुनै गुन्जाइस भेटें ।

Sunday, February 7, 2010

बिडम्बना


नरोउँ भन्दा पनि रुनु पर्ने
मन नलागि हाँस्नुपर्ने,
कस्तो बिडम्बना,नचाहेर पनि जिउनु पर्ने ।।

जिउन चाहनेले मर्नुपर्ने
मर्न चाहनेले जिउनु पर्ने ,
उफ्! कस्तो बिडम्बना,नचाहेको मात्रै हुनुपर्ने ।।

दिन पनि रात जस्तो
जुन पनि पोलिदिने आगो जस्तो,
यो कस्तो बिडम्बना,पाइलाई पिच्छे अपहेलित हुनुपर्ने ।।

फूल पनि काँडा बनि बिझाइदिने
आँसु पनि भेल बनि भिजाइदिने,
लौन योउ कस्तो बिडम्बना,आफ्नै बिच पराई भै जिउनुपर्ने ।।

आफ्नो भन्न मन लागेन


तिमिले पराई ठानेपछि,
मलाई पराई हुन बेर लागेन,
यस्तै हो जिन्दगि तिमिलाई फकाउन कर लागेन ।

मन भरि अरुलाई सजाई
मलाई आफ्नो भनेउ,
रुनु एक्लै त हो, तिमिलाई फर्काउन मन लागेन ।

सङै जिउने कसम् खाएर,
माया अरुसङ बाढेउ,
एक्लै जिउनु पर्ने जानेर पनि तिमिलाई आफ्नो बनाउन मन लागेन।

बनाबटि तिम्रो माया,
मनमा सजाउन् मन लागेन ।
हृदयमा तिमि भएर पनि,
आफ्नो भन्न मन लागेन ।।