Friday, October 8, 2010

पात बनेर झर्यो जिन्दगि

फूल बनेर फुल्नु थियो,
पात बनेर किन झर्यो जिन्दगि?
ज्योति बनेर चम्कनु थियो,
रात बनेर किन मर्यो जिन्दगि?

अधर भरि मुस्कारुनु थियो,
आंसु बनेर किन झर्यो जिन्दगि?
तारा बनेर चम्कनु थियो,
उल्का बनेर किन मर्यो जिन्दगि?

नदि बनेर बग्नु थियो,
खहरे बनेर किन सुक्यो जिन्दगि?
सागर बनेर फैलनु थियो,
ताल बनेर किन रुक्यो जिन्दगि?

लामो यात्रा हिड्नु थियो,
आस बोकेर किन थाक्यो जिन्दगि?
भाग्य आफ्नो कोर्नु बांकि नै थियो,
उकुच बनेर किन पाक्यो जिन्दगि?

2 comments:

Post a Comment